ICOM: IMD 2019 Report

आइकम नेपाल

अन्तर्राष्ट्रिय संग्राहलय दिवसको उपलक्ष्यमा आयोजना गरिeएको कार्यक्रम

अन्तर्राष्ट्रिय संग्राहलय परिषद, (International Council of Museum- ICOM Paris) पेरिसले सन् १९७७ बाट प्रत्येक वर्षमे १८ का दिन अन्तर्राष्ट्रिय संग्राहलय दिवस (International Museum Day-IMD) मनाउदै आईरहेका छन्। साथै Icom पेरिसको आहवानमा विश्वभरका संग्राहलय विज्ञ तथा संग्राहलयसम्बन्धी संघ-संस्थाहरुले यसै दिन विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउदछन्। गत वर्ष १५८ राष्ट्रका ३७,००० संग्राहलयहरु सरिक भई यो दिवस मनाएका थिए।

यसै सर्न्दर्भमा आइकम नेपाल (International Council of Museum- Nepal Chapter) ले पनि यसै दिवसको उपलक्षमा एक सानो गोष्ठीको आयोजना गरेको छ। यस कार्यक्रममा आइकम नेपालका सदस्य र संग्राहलयमा कार्यरत रहेका तीन जना व्यक्तित्वले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्। हालसम्म पनि नेपालमा ठोस संग्राहलय नीति र कानुन नभएको हुंदा प्रस्तुत गरिने सो कार्यपत्रहरु संग्राहलय नीति र कानुनको सम्बन्धमा सरोकार राख्ने छन्। कार्यपत्र प्रस्तुत भए पश्चात उपस्थित महानुभाव र संग्राहलय विज्ञहरु र कार्यपत्र प्रस्तुतकर्तावीच अन्तरक्रिया गरिनेछ। यसैका आधारमा संग्राहलय सम्बन्धी एउटा नीति तथा कानुन सम्बन्धमा एउटा निचोड तयार गरिनेछ। जुन निचोडलाई आगामी नोभेम्बर २०१९ मा आइकम नेपाल र आइकम पेरिस को अन्तर्राष्ट्रिय क्षेत्रिय संग्राहलय समिति मिलेर काठमाडौंमा आयोजना गरिने कार्यशालामा प्रस्तुत गरिने लक्ष्य रहेको छ। उक्त कार्यशालाको विषय-वस्तु पनि संग्राहलय नीति र कानुन रहेको छ।

आइकम नेपालले अन्तर्राष्ट्रिय संग्राहलय दिवसको उपलक्षयमा आयोजना गर्न लागेको गोष्ठीको कार्यक्रमको रुपरेखा तल प्रस्तुत गरिएको छ। यस वर्षो अन्तर्राष्ट्रिय संग्राहलय दिवसको नारा Museum as Cultural Hubs the Future of Tradition रहेको छ। कार्यक्रमको यस प्रकार रहेको छः

  • (क) मिति: २०७६ जेठ ३ गते शुक्रवार, (१३ मे २०१९) ।
  • (ख) समयः ११ बजे विहान ।
  • (ग) स्थानः नेपाल पर्यटन वोर्डको सभा कक्ष ।
  • (घ) कार्यक्रम
    • डा. धर्मराज डंगोल- पूर्व प्रमुख, प्राकृतिक विज्ञान संग्राहलय स्वयम्भू -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • रमेश दवाडी- अध्यक्ष, जनजाति संग्राहलय, चांगुनारायण भक्तपुर -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • श्री नवराज अधिकारी - प्रमुख, प्रादेशिक संग्राहलय गोरखा -कार्यपत्र प्रस्तुत गर्ने) ।
    • अन्य ४ जना वक्तहरुबाट मन्तव्यको कार्यक्रम रहेको छ ।
  • (ङ) प्रमुख अतिथि - नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति श्री जगमान गुरुङ्ग हुनुहुन्छ ।
  • (च) उपस्थिति - नेपाल सरकार अर्न्तर्गतका संग्राहलय र अन्य संग्राहलयमा कार्यरत व्यक्तित्वहरु करिव – ५० जना
  • (छ) आयोजक - आइकम नेपाल र नेपाल राष्ट्रिय संस्कृति संग्राहलय ।
Free Web Hosting